नेपाल विद्युत् प्राधिकरणले दोस्रो किस्ता बुझाउन उद्योगीलाई ताकेता

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरण (नेपा) ले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता महसुलको दोस्रो किस्ता बुझाउन उद्योगी–व्यवसायीलाई पत्राचारमार्फत ताकेता गरेको छ। प्राधिकरणका वितरण केन्द्रहरूले पहिलो किस्ता भुक्तानी गरेको उद्योगीहरूलाई अब दोस्रो किस्ता समयमा तिर्न ध्यानाकर्षण गराएका हुन्। उद्योगीहरूका अनुसार पठाइएको पत्रमा पहिलो किस्ता तिरेकोमा धन्यवाद दिँदै, बाँकी रकम समयमै बुझाउन भनिएको छ। प्राधिकरणले कुल बक्यौतालाई २८ […]