‘प्रकृति संरक्षणको नेतृत्व स्थानीय नागरिकले नै गर्नुपर्छ’ : भुटानका पूर्वप्रधानन्यायाधीश दोर्जी

ललितपुर । भुटानका पूर्वप्रधानन्यायाधीश तथा राष्ट्रिय वातावरण आयोगका विशेष सल्लाहकार दाशो पाल्जोर जिग्मे दोर्जीले प्रकृति र वातावरण संरक्षणको नेतृत्व सम्बन्धित देशका नागरिकले नै गर्नुपर्ने बताएका छन् । जेभियर एकेडेमीले आज राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी), खुमलटारमा आयोजना गरेको ‘नेपालका प्रमुख वातावरणीय चुनौती समाधानका लागि आगामी पाँच वर्षमा आवश्यक प्रमुख कदम’ विषयक कार्यक्रमका प्रमुख वक्ता दोर्जीले […]