काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले नेपाल प्रिमियर लिग (एनपिएल)केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको उल्लेख गरेका छन् । आजदेखि सुरु हुन लागेको एनपिएलको तेस्रो संस्करणका अवसरमा उनले सामाजिक सञ्जालमार्फत सफलताको कामना पनि गरे । प्रधानमन्त्री शाहले भनेका छन्, “एनपिएलमा सहभागी हुन आउनुभएका सबै अन्तर्राष्ट्रिय खेलाडी तथा ‘कमेन्टेटर’लाई हार्दिक स्वागत गर्दछु । […]