दशैँअघि नै आरुघाट पुल सञ्चालनमा ल्याउने तयारी, पुनर्निर्माणको काम तीव्र

काठमाडौँ। बुढीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्‍याएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पक्की पुल दशैँअघि नै पुनः सञ्चालनमा ल्याउने गरी सरकारले काम तीव्र पारेको छ। आइतबार बिहान आएको बाढीले पुलको तीन खण्डमध्ये गोरखातर्फको २२ मिटर लामो आरसीसी संरचना बगाएको थियो। बाढीबाट पुलको ट्रस संरचना भने सुरक्षित रहेकाले सोही संरचनाको उपयोग गरी बेलिब्रिज जडान गरेर यातायात […]