अफगानिस्तानमा मानवीय सहायता प्रवाहको लागि अस्थाई अनुमति दिन पाकिस्तान तयारी

एजेन्सी– पाकिस्तानले अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय राहत आपूर्तिलाई अस्थायी अनुमति दिने तयारी गरी रहेको अधिकारीहरूले बिहीबार बताएका छन् । गत अक्टोबरमा दुई छिमेकीहरूबीच भएको घातक झडप पछि पहिलो पटक आंशिक रुपमा सीमा खोल्न लागिएको उनीहरूले बताएका छन् ।   सन् २०२१ मा तालिवान अधिकारीहरूले काबुलमा पुनः नियन्त्रण लिए देखि यी देशहरू बढ्दो विवादमा फसेका छन् । […]