काठमाडौँ। गायक कमल विके ‘निर्मोही’लाई यस वर्षको ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार-२०८२’ बाट सम्मान गरिएको छ। नेपाली गीतसङ्गीतमा उनले पुर्याएको दीर्घसाधना र उल्लेखनीय योगदानको कदर गर्दै काठमाडौँमा आयोजित विशेष समारोहमा ५१ हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्लाले निर्मोहीलाई सम्मान गरिएको हो। गायक निर्मोही पछिल्ला वर्ष मिर्गौला रोगबाट पीडित रहँदा पनि निरन्तर साङ्गीतिक सिर्जनामा सक्रिय छन्। उनका ‘बुलबुले […]