राष्ट्रिय सभाको आजको बैठकबाट ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ। अध्यादेशलाई विस्थापन गर्न ल्याइएको सो विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको हो। विधेयक अब प्रतिनिधिसभामा फिर्ता जाने छ। सभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको उक्त विधेयकमाथि छलफलका लागि प्रस्ताव गरेका थिए। विधेयकमाथिको छलफलमा उठेका प्रश्नको […]