सांसद आनन्द चन्दको प्रश्न: हरेकको पहिलो रोजाइ डाक्टर, तर स्वास्थ्य क्षेत्र नै किन अस्तव्यस्त?

‘मुख स्वास्थ्य : अभ्यासका चुनौती र नीतिगत प्राथमिकता’ कार्यक्रममा अध्यक्षता गर्दै प्रतिनिधि सभा सदस्य डा चन्दले देशभर स्वास्थ्य सेवाको अवस्था सन्तोषजनक नभएको स्पष्ट पारे। उनले देशका जुनसुकै क्षेत्रमा हेर्दा पनि स्वास्थ्य प्रणाली कमजोर देखिएको उल्लेख गर्दै नीतिगत र संरचनागत सुधारको खाँचो औंल्याए।