जीवनको तस्बिर बदलेका उद्यमी भीमबहादुर

झापा– कुनै समय झापाको मेचीनगर–२ भृकुटीका ३२ वर्षीय भीमबहादुर भट्टराईको ओत लाग्ने छानो चुहिन्थ्यो । बिहान के खाउँ, बेलुका के खाउँ भन्ने गर्जो टार्नै उनलाई धौधौ थियो । अभावको तुवाँलोले घेरिएको त्यो सङ्घर्षकालमा उनले कति रात भोकै त कति रात अरूको मजदुरी गरेर बिताउनुपर्‍यो । तर, आज उही पौरखी भीमबहादुरको जीवनको तस्बिर बदलिएको छ । […]