दाङ– यहाँको तुलसीपुर कारागारबाट भागेका ७१ जना कैदीलाई पक्राउ गरिएको छ । कारागार प्रमुख गीरबहादुर सेजुवालले जेनजी प्रदर्शनका क्रममा भागेका २५३ कैदीमध्ये ७१ जनालाई पुनः पक्राउ गरिएको जानकारी दिए । तीमध्ये केही आफैँ सम्पर्कमा आएका र केहीलाई सुरक्षाकर्मीले पक्राउ गरेको उनले बताए। कारागारमा रहेका ४६९ कैदीमध्ये २५३ जना पुरुष कैदी तोडफोड गरेर भागेका थिए । […]