जलजलामा १८ ठाउँमा एकै पटक शवदाहस्थल निर्माण सुरु

म्याग्दी। जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र रहेका सबै शवदाहस्थललाई एकै पटक व्यवस्थित गर्न आयोजना निर्माण सुरु गरेको छ। सङ्घीय सरकारसँगको लागत साझेदारीमा जलजला गाउँपालिकाले १८ ठाउँका शवदाहस्थलमा पूर्वाधार निर्माण गरेर व्यवस्थित बनाउन लागेको हो। जलजलाको अधिकांश शवदाहस्थल कालीगण्डकी नदीको किनारमा रहेका छन्। लेकफाँट, वनमडे, डाँडाकटेरी, लोप्रे, कुवापानी, बनौलगायत जनजाति बस्तीको माथिल्लो […]