एजेन्सी । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको छ । नाग्छु सहरअन्तर्गत बाछेन काउन्टीमा गएको भूकम्पबाट प्रभावित क्षेत्रमा भग्नावशेषमा फसेका मानिसको खोजी गर्न अग्नि नियन्त्रक तथा उद्धारकर्मीले तालिमप्राप्त कुकुरसहित खोजी गरिरहेका छन् । स्थानीय अधिकारीहरूका अनुसार शुक्रवारसम्म भूकम्पमा परी १६ जनाको मृत्यु भएको […]