काठमाडौं। मापदण्डविपरीत औषधी बिक्री–वितरण गरेको आरोपमा प्रहरीले फार्मेसीबाट औषधी बरामद गरेको छ। प्रहरीले काठमाडौं महानगरपालिका–५ बसुन्धरास्थित तक्षक फार्मेसीबाट औषधी बरामद गरेको हो। उक्त फार्मेसी संखुवासभा खाँदबारी नगरपालिका-८ का प्रकाश गौतमले सञ्चालन गर्दै आएका थिए। बुधबार दिउँसो प्रहरी टोली उक्त फार्मेसीमा पुगेको प्रहरी परिसर काठमाडौंले जनाएको छ। उक्त फार्मेसीमा चिकित्सकको सिफारिसमा मात्र बिक्री गर्न पाइने औषधीहरू […]