रसुवा बाढी : तीनै सुरक्षा निकाय परिचालन, हेलिकप्टर पठाइयो, प्रधानमन्त्री शाहले बोलाए उच्चस्तरीय बैठक

रसुवामा आएको भीषण बाढीपछि सरकारले खोज, उद्धार तथा राहतका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको तथा अन्य जिल्लाबाट समेत थप जनशक्ति पठाइएको जानकारी दिएका छन्। प्रधानमन्त्री शाहका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाइएको छ। […]