काठमाडौं– प्रतिनिधिसभामा स्यानेटरी प्याडमा लगाइएको करबारे सांसद पुरुषोतम यादवले सरकारको ध्यानाकर्षण गराएका छन्। उनले महिला अधिकार र लैंगिक समानताको विषयमा ठूलो भाषण भए पनि आधारभूत आवश्यकताको विषयमा बेवास्ता भइरहेको भन्दै आपत्ति जनाए। यादवले आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै महिनावारी प्राकृतिक प्रक्रिया भएको उल्लेख गरे। उनले यस्तो अवस्थामा महिलाले सुरक्षित स्यानेटरी प्याड प्रयोग गर्न पाउनु अधिकारको विषय […]