झापा– झापाको बिर्तामोड नगरपालिका–४ मा सञ्चालित दुई उद्योगमा आज बिहान आगलागी भएको छ । आगलागी परी ती उद्योगमा ठूलो परिमाणमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । आज बिहान करिब सवा ४ बजे भक्तिप्रसाद उप्रेतीले सञ्चालन गरेको ‘झापाली चिप्स फ्याक्ट्री’ र चन्द्रप्रसाद खरेलको ‘सौगात काष्ठ फर्निचर’मा एकैसाथ आगलागी भएको थियो […]