काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश थापाले उनलाई काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको कपनस्थित बालुवाखानीबाट पक्राउ गरिएको जानकारी दिए । कलाकार लम्सालमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन् । उनले शुक्रबार बलेमाथि अमेरिकामै बलात्कार गरेको बताउँदै फेसबुकमा लेखेकी थिइन् । सोही आरोपबारे अनुसन्धानका लागि […]