प्रधानमन्त्री शेहबाजले तेलको मूल्य बढ्नुमा पाकिस्तानको हात नभएको भन्दै नाफाखोरहरूलाई कारबाही गर्ने चेतावनी समेत दिएका छन्। उनले भने, ‘यी आक्रमणले सम्पूर्ण क्षेत्रलाई ठूलो खतरा निम्त्याएको छ। अन्योलको यो घडीमा देशले पहिलेभन्दा बढी एकता देखाउन आवश्यक छ।’