अमेरिकाले भेनेजुएलाबाट तेल आयात गर्ने तयारी, दुई देशबीच उच्चस्तरीय वार्ता सुरु

वासिङ्टन– लामो समयदेखिको कूटनीतिक तिक्तता र आर्थिक प्रतिबन्धका बीच अमेरिका र भेनेजुएलाले ऊर्जा व्यापारमा नयाँ अध्याय सुरु गर्ने संकेत गरेका छन् । अमेरिकाले भेनेजुएलाको कच्चा तेल पुनः आफ्नो बजारमा भित्र्याउनका लागि द्विपक्षीय वार्ता अघि बढाएको छ । रोयटर्स समाचार संस्थाले जनाए अनुसार, दुई देशका अधिकारीहरूबीच भेनेजुएलाको तेल सिधै अमेरिका निर्यात गर्ने विषयमा छलफल भइरहेको छ […]