आजका समाचार : ओलीले जाँचबुझ आयोग र मानव अधिकार आयोग दुवैमा दिए बयान, रास्वपाले थप्यो चार नयाँ पदाधिकारी र भेनेजुएलामा अमेरिकी आक्रमणको चौतर्फी आलोचना

पत्र लिएर पुगेको जाँचबुझ आयोगको टोलीले गुण्डूमै लियो ओलीसँग बयान गत भदौ २३ र २४ गते जेन(जी आन्दोलनका नाममा भएको विध्वंश र हिंसात्मक घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिएको छ। आयोगको टोलीले भक्तपुरको गुण्डूस्थित उनको निवासमै पुगेर सात दिनभित्र बयान आउनुपर्ने व्यहोराको पत्र थमाएको […]