इन्धन र ईभी चार्जिङमा थप शुल्क लगाउन यातायात व्यवसायीको प्रस्ताव

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सवारी दुर्घटनाका पीडितको तत्काल उद्धार, उपचार र क्षतिपूर्तिका लागि प्रस्तावित ‘दुर्घटना राहत कोष’लाई दिगो बनाउन पेट्रोलियम पदार्थ र विद्युतीय चार्जिङमा अतिरिक्त शुल्क उठाउने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ। महासङ्घले पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै संशोधनको क्रममा रहेको सवारी ऐन, […]