राजस्थानले लखनउलाई दियो १६० रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३२औँ खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्स सामु १६० रनको लक्ष्य प्रस्तुत गरेको छ। बुधबार एकाना क्रिकेट स्टेडियममा भएको खेलमा लखनउले टस जितेर पहिले बलिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनायो। टोलीका लागि रवीन्द्र जडेजाले सर्वाधिक अविजित ४३ रन बनाए। […]