प्रतिकूल मौसमले प्रभावित बनायो मह उत्पादन

दमौली– शुक्लागण्डकी नगरपालिका–१ थप्रेकका मौरीपालक सुरज वाग्ले यस वर्ष मह उत्पादन घट्ने चिन्तामा छन् । अघिल्ला वर्षहरूमा यही समयमा मह निकालेर ग्राहकलाई बिक्री गरिसक्ने उनी यसपालि भने मौसमकै कारण उत्पादनमा ठूलो गिरावट आउने अनुमान गरिरहेका छन् । वर्षौँदेखि मौरीपालन व्यवसायमा सक्रिय वाग्लेले यस वर्ष जेठमा करिब ३०० किलो मह उत्पादन हुने अपेक्षा गरेका थिए । […]