विश्व खोप सप्ताहका अवसरमा प्रधानमन्त्री कार्यालयको आग्रह: खोपहरू लगाउनुहोस्

सरकारले देशभरका सबै सरकारी स्वास्थ्य संस्थाहरूबाट जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ वटा घातक रोगविरुद्ध ९ प्रकारका खोपहरू पूर्ण रूपमा निःशुल्क प्रदान गर्दै आएको छ। प्रधानमन्त्री कार्यालयको सन्देशमा भनिएको छ, 'आफ्ना बालबालिकाको खोप कार्ड नियमित हेर्नुहोस् र कुनै पनि खोप छुटेका छन् भने तुरुन्त नजिकैको स्वास्थ्य केन्द्रमा गएर लगाउनुहोस्।'