उनेपाले भाेलि खुला मञ्चमा उज्यालो प्रतिवद्धता सभा गर्ने

काठमाडाैं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले शनिबार काठमाडौंको खुला मञ्चमा उज्यालो प्रतिवद्धता सभा आयोजना गर्ने भएको छ । पार्टीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वाचनलक्षित प्रतिवद्धता सभा गर्न लागिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रचारप्रसार समितिका संयोजक तथा काठमाडौं–५ का उम्मेदवार श्रीराम गुरुङले पार्टीका प्रतिवद्धताहरुलाई जनतालाई बुझाउनको लागि सभा […]