ग्यास पाइपलाइन र भण्डारण प्रस्ताव भारतसमक्ष, निगम भन्छ—प्रत्युत्तरको प्रतीक्षा

पश्चिम एशियामा बढ्दो द्वन्द्वको प्रभावसँगै राजधानीमा खाना पकाउने ग्यासको आपूर्ति प्रभावित भइरहेका बेला नेपाल आयल निगमले ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष राखेको जनाएको छ। प्रस्तावको प्रत्युत्तर भने अझै प्राप्त नभएको निगमले जनाएको छ। हालै इरानमाथि अमेरिका र इजरायलले संयुक्त हवाई कारबाही गरेपछि अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरताको प्रभाव नेपालमा पनि देखिएको छ। उपत्यकामा […]