चन्द्रागिरी हिल्स: के थियो हिजोको सम्झौता, केके भयो आज ?

काठमाडौंको काखमा महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ स्थापित चन्द्रागिरी हिल्सले हिजो सरकारसँग गरेका सम्झौताहरू अटेरी गरेको पाइएको छ । २०७१ वैशाख २१ गते तत्कालीन काठमाडौँ फन पार्क र नेपाल सरकारको निकाय वन विभागबीच भएको सम्झौताका कतिपय बुँदाहरू मिचेर चन्द्रागिरी हिल्सले तोकिएको भन्दा बढी जग्गा भोगाधिकार गरेको, तोकिएको भन्दा बढी संरचना निर्माण गरेको पाइएको हो […]