प्रधान सेनापति र अमेरिकी सेनाका उपप्रमुख भोवेलबीच भेटवार्ता

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक मुख्यालय जङ्गीअड्डामा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय हितका विषयमा विचारविमर्श भएको थियो । पूर्वनिर्धारित कार्यक्रम बमोजिम नियमित भ्रमणका सिलसिलामा भोवेल नेतृत्वको टोली भारत, भुटान हुँदै आइतबार नेपाल आएको हो । उक्त टोलीले काभ्रेको पाँचखालस्थित नेपाली […]