कैलाशकूट सामाजिक अभियानद्वारा स्वस्थ जीवनशैलीबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । कैलाशकूट सामाजिक अभियानले स्वस्थ जीवन कसरी व्यतित गर्ने भन्ने विषयमा केन्द्रित रहेर एक जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सकहरूले स्वस्थ जीवनशैलीका विविध पक्षहरूमा प्रकाश पारेका थिए । कार्यक्रममा सहभागी विशेषज्ञ डाक्टरहरूले स्वस्थ जीवनका लागि नियमित व्यायाम, सन्तुलित आहार र पर्याप्त निद्राको महत्त्वलाई विशेष रुपमा जोड दिएका थिए […]