भारतको प्राथमिकता : स्वतन्त्र व्यापार सम्झौता

काठमाडौँ। विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितता र अमेरिकाले लगाएको उच्च आयात शुल्कको प्रभावलाई न्यूनीकरण गर्न तथा निर्यात गन्तव्य विस्तार गर्ने उद्देश्यले भारतले आगामी केही महिनाभित्र विभिन्न स्वतन्त्र व्यापार सम्झौता (एफटीए) लाई अन्तिम रूप दिन प्रयास तीव्र बनाएको छ। भारतीय अधिकारीहरूका अनुसार भारत युरोपेली संघ (ईयू), न्युजिल्यान्ड र चिलीसँग उन्नत चरणका वार्तामा रहेको छ। ओमानसँग यसै साता […]