इनमको जीवन रक्षा र निष्पक्ष छानबिनको माग गर्दै मानव अधिकार आयोगमा निवेदन

काठमाडौँ- आफू र आफ्नो परिवारको जीवन रक्षा तथा निष्पक्ष छानबिनको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गरिएको छ । इनम सापकोटाको तर्फबाट उनकी श्रीमती कविता पाण्डेले आयोगको ललितपुरस्थित कार्यालयमा निवेदन पेस गरेकी हुन्। निवेदनअनुसार सापकोटा अध्ययन तथा व्यावसायिक कार्यका सिलसिलामा नयाँ दिल्ली जाने तयारीका साथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका बेला नियन्त्रणमा लिइएका थिए […]