काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो राजनीतिक यात्रा टुंगिएको घोषणा गरेकी छन्। बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेतृ झाँक्रीले एकीकृत समाजवादी आजै दिउँसो १ बजेबाट विघटन हुने भएसँगै उक्त पार्टीसँगको आफ्नो यात्रा पनि टुंगिएको बताइन् । आफुहरु अहिले शुन्यको अवस्थामा रहेको बताउदै झाँक्रीले जनताका भरोसालाई डोर्याउन एकीकृत समाजवादी निर्माण गरेको तर […]