दसैँमा अस्पताल पूर्ण बन्द नगर्न निर्देशन, आकस्मिक र प्रसूति सेवा निरन्तर चलाउनुपर्ने

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा अस्पताल पूर्ण रूपमा बन्द नगर्न र अत्यावश्यक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय तथा सबै संघीय सरकारी अस्पताललाई पत्राचार गर्दै आवश्यक व्यवस्थापन मिलाउन भनेको हो। पत्राचारमा आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया, प्रसूति तथा सघन उपचारसहितका अत्यावश्यक सेवा नियमित सञ्चालन सुनिश्चित गर्न आग्रह […]