मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः कोशीको विजयी सुरुवात

भोजपुर । भोजपुर सदरमुकाममा सुरु मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत भएको पहिलो खेलमा बाग्मती प्रदेशलाई सोझो सेटमा पराजित गर्दै कोशी प्रदेशले विजयी सुरुवात गरेको छ । भोजपुर नगरपालिका–७ कोदारस्थित रङ्गशालामा आयोजित खेलमा बाग्मतीलाई लगातार तीन सेटमा हराउँदै एकतर्फी रूपमा कोशीले कब्जा जमाएको थियो । सोमबारको दोस्रो खेल सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बीच हुने आयोजकले जनाएको छ […]