काठमाडौं– दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढ्न थालेको छ । असोज २५ र २६ गते दुई दिनमा मात्रै उपत्यकाबाट १ लाख ९ हजार ६३६ यात्रु बाहिरिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्लेका अनुसार थानकोट–नागढुङ्गा, साँगा र दक्षिणकालीलगायतका नाकाबाट उक्त सङ्ख्यामा यात्रु बाहिरिएका हुन् […]