राजमार्गमा यात्रुसँग चर्को मूल्य असुले कडा कारबाही गर्ने प्रशासनको चेतावनी

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्ड बाढीपहिरोका कारण अवरुद्ध भएपछि वैकल्पिक सडकमा बढेको यात्रुको चापको फाइदा उठाउँदै चर्को मूल्य असुल्ने व्यवसायीलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले कडा कारबाही गर्ने चेतावनी दिएको छ। कृष्णभीरमा सडक अवरुद्ध भएपछि अहिले त्रिभुवन राजपथ, कान्ति राजमार्ग तथा भीमफेदी–कुलेखानी सडकबाट सवारी आवागमन भइरहेको छ। यी मार्ग आसपासका होटेल, रेस्टुरेन्ट, पसल तथा बजारमा खाद्य […]