हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्णले पदबाट राजीनामा दिएका छन्। कर्णले व्यक्तिगत कारण देखाउँदै असोज २७ गते राजीनामा दिएका हुन्। कम्पनीका अनुसार उनको राजीनामा सोही दिन दिउँसो ४ बजे बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो।