थापाथलीका सुकुमवासीको ‘स्क्रिनिङ’ जारी, अस्थायी आश्रयमा व्यवस्थापन सुरु

बागमती नदी किनारमा बसोबास गर्दै आएका सुकुमवासी तथा भूमिहीन परिवारको ‘स्क्रिनिङ’ कार्य जारी रहेको छ। दशरथ रंगशालामा काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका टोलीले थापाथलीबाट ल्याइएका परिवारहरूको लगत सङ्कलन गरिरहेका छन्। हालसम्म २३ परिवारको विवरण संकलन भइसकेको प्राधिकरणकी प्रशासन प्रमुख कविता केसी बोगटीले जानकारी दिइन्। सरकारको दर्ता प्रक्रियामा परेका […]