इरानसँगको युद्धबिच घरेलु मोर्चामा घेरिए ट्रम्प : मध्यावधि लक्षित ‘नो किङ्स’ प्रदर्शनमा ८० लाख बढी मानिस उत्रिए

यसलाई अमेरिकी इतिहासको एकै दिनमा भएको सबैभन्दा ठुलो प्रदर्शनमध्ये एक मानिएको छ। गत वर्ष अक्टोबरमा भएको दोस्रो ‘नो किङ्स’ प्रदर्शनभन्दा यस पटक करिब १० लाख बढी सहभागिता रहेको आयोजकहरूले बताएका छन्।