जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

१६ फागुन, काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनसम्बन्धी बीबीसीले बनाएको डकुमेन्ट्री जनकपुरमा प्रशारण गरिरहेको अवस्थामा भारतीय नम्बर प्लेटको गाडीसहित रास्वपाका कार्यकर्ता पक्राउ परेका छन् । थप दुईवटा गाडी फरार भएको प्रहरीले जनाएको छ । धनुषाका प्रहरी …