केन्द्रीय कारागारबाट फरार एकजना सिरहाबाट पक्राउ

सिरहा– गत भदौको ‘जेन–जी’ आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक जनालाई प्रहरीले सिरहाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाकै कर्जन्हा नगरपालिका–७ मेरवा बस्ने ३८ वर्षीय अञ्जनी कुशवाहा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी कर्जन्हाबाट खटिएका प्रहरी टोलीले आज उनकै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक रमेशबहादुर […]