नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता देव गुरुङले आगामी निर्वाचनको लागि नेकपाले उत्पादनमुखी र युद्व अर्थतन्त्रबाट नेपाललाई मुक्त हुने गरी घोषणापत्र ल्याउने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको दलको घोषणापत्रमा आर्थिक एजेन्डा कार्यक्रममा गुरुङले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा रहेको भन्दै त्यसलाई केन्द्रित गरेर घोषणापत्र ल्याउने बताए...