काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मिसन ०८४ मा बहुमत ल्याउन जनसंगठनहरुले सक्रियता बढाउनु पर्ने बताएका छन् । समयसापेक्ष रुपमा संगठनलाई अघि नबढाएसम्म उपलब्धि हासिल नहुने उनले बताएका छन् । गत फागुनदेखि वैशाखसम्म महाधिवेशन गरेका जनसंगठनका पदाधिकारीलाई संयुक्त रुपमा बधाई दिन आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संगठनभित्र गुटबन्दी र बेठिक प्रवृतिलाई प्रोत्साहन गर्न नहुने बताए । […]