काठमाडौँ । सिरहाको गोलबजार नगरपालिकामा हाटबजारको राजस्व छुट दिएको र असुल गर्नुपर्ने रकम नउठाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा पशु, बाख्रा तथा गुदरी हाटबजारको राजस्व सङ्कलनमा अनियमितता हुँदा १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा […]