ओलीको चुनौती: ‘म नेपालभित्र जहाँ पनि जान्छु, कुन लोकतन्त्रले थुन्छ हेरौंला’

शनिबार पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू नेपालभित्र जहाँसुकै जाने र कुन कानुन र लोकतन्त्रले आफूलाई रोक्छ, त्यो हेर्ने बताएका हुन्।