राष्ट्रपति पौडेलद्वारा दुई वटा अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलवार वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ र भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८३ जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।