युएई अध्ययनका नाममा ठगी गरेको आरोपमा ९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) का कलेजमा अध्ययनका लागि पठाइदिने तथा त्यहाँबाट फ्रान्स र अस्ट्रेलियासमेत लैजाने प्रलोभन देखाएर ठगी गरेको आरोपमा नौ जना शैक्षिक परामर्श संस्थाका सञ्चालक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार चार वटा कन्सल्टेन्सीसँग आबद्ध नौ जनालाई पक्राउ गरेको जनाएको छ। सीआईबीका अनुसार पक्राउ पर्नेमा काठमाडौँको डिल्लीबजारस्थित […]