रास्वपा महाधिवेशन : प्रत्येक प्रदेशबाट ५–५ जना निर्वाचित हुने व्यवस्था

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रत्येक प्रदेशबाट ५–५ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ। निर्वाचन प्रणालीअनुसार सातै प्रदेशबाट सदस्य चयन गर्दा प्रत्येक प्रदेशबाट एक जना महिला अनिवार्य गरिएको छ। यस व्यवस्थाले समावेशितालाई सुनिश्चित गर्ने लक्ष्य राखिएको बताइएको छ। महाधिवेशनबाट कुल १५८ जना केन्द्रीय सदस्य चयन हुनेछन्। त्यसमध्ये ६४ जना केन्द्रीय […]