नेपालगञ्ज– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेमा उम्मेदवार बनेका ५६ जनामध्ये ४३ जनाले मात्र निर्वाचन खर्च बुझाएका छन् । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ५६ जना उम्मेदवार बनेका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनमा ५६ जनाले उम्मेदवारी दर्ता गराएकोमा हालसम्म ४३ जनाले मात्र खर्च विवरण बुझाएका छन् […]