बुठानिलकण्ठमा शान्तिपूर्वक मतदान जारी

काठमाडौं– आज देशभरि प्रतिनिधिसभा निर्वाचनका लागि मतदान भइरहेको छ।  यस्तै काठमाडौं क्षेत्र नम्बर ४ बुढानिलकण्ठस्थित र्चाटर आधारभूत विद्यालयको मतदान केन्द्रमा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मतदान शान्तिपूर्वक जारी छ।  बिहान ११ बजेसम्म करिब १ हजार मतदाताले आफ्नो मत प्रयोग गरिसकेका छन्।